पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

भक्तपुर, ५ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् । जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ । 

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् । 

थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए । तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति