विवेकशील साझाले बारामा एउटा गाउँपालिकामा जित्ने पक्का

काठमाडौं, ५ जेठ । विवेकशील साझा पार्टीले बारामा एउटा पालिका अध्यक्ष जित्ने भएको छ।

फेटा गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका रूस्तम अन्सारीले गणना हुन बाँकी मतभन्दा धेरैको अग्रता लिएर जित सुनिश्चित गरेका हुन्।

अब एउटा वडाको सात सय मत गणना हुन बाँकी छ। अहिलेसम्म विवेकशीलका अन्सारीले ४०५९ मत ल्याइसकेका छन्। दोस्रो स्थानमा रहेका अमिरीलाल प्रसादले १९९९ मत ल्याएका छन्।

गन्न बाँकी सबै मत अमिरीलालको पक्षमा आए पनि अन्सारीले जित्ने निश्चित छ। अन्तिम मतपरिणाम बिहीबार दिउँसोसम्म आउने अपेक्षा गरिएको छ।

उपाध्यक्षमा पनि विवेकशीलकी निलम साहले पनि फराकिलो मतान्तरले अगाडि छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति