एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौं, ५ जेठ । नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । 

स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । 

मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ । 

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । 

गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति