काभ्रेको मण्डनदेउपुरको मेयरमा एकीकृत समाजवादी विजयी

काठमाडौं, ५ जेठ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन ।
मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका हुन् ।तामाङले ९ हजार ४०६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए । यसअघि तामाङ नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि तामाङ एकीकृत समाजवादी काभ्रेका अध्यक्ष भए ।मण्डनदेउपुर नगरपालिका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाको गृहनगर हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति