संविधानसभा सदस्य चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित

काभ्रे । संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रकी नेता रेणुकाले ६ हजार २ सय २८ मत प्राप्त गरेर विजयी भएका हुन भने एमालेका जितराम लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा विजयी भएका छन् ।

लामाले ७ हजार २ सय १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल (गौतम) ले ३ हजार ५ सय ४९ मत प्राप्त गरिन् ।

संविधानसभा सदस्यसमेत रहेकी चौलागाईंले जनतासँग प्रत्यक्ष जोडिने कार्यकारी भूमिकामा रहनको लागि स्थानीय तहमा उम्मेदवार बनेको र जनताले अनुमोदन गरेको प्रतिक्रिया दिइन् ।

२०५१ सालमा नै विद्यार्थी संगठनमा आवद्ध भएकी चौलागाईं प्रहरीले धरपकड गर्न थालेपछि २०५४ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति