सिद्धार्थनगरमा कांग्रेसका मेयर, एमालेको उपमेयर निर्वाचित

  • मोहम्मद हबिब

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्यसमेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्वमेयर सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार ब्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए ।

यस्तै, नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८१३ मत पाएर निर्वाचित भइन् भने उनकी प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।

यस्तै, गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ । १३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

१३ वडामध्ये कांग्रेसले ५ ओटा, एमालेले ४ ओटा वडामा, राप्रपाले ३ ओटा र जसपाले एक वडामा विजय निकालेको छ ।

वडा नम्बर एकबाट ७५८ मत ल्याइ जसपाका उज्जवल पोखरेल, दुईबाट ४४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८०७ मत ल्याइ नारायण उपाध्याय, चारबाट ९०७ मत ल्याइ मुक्तिनाथ यादव, पाँचबाट २६५ मत ल्याइ नेपाली कांग्रेसका पुरनप्रसाद श्रेष्ठ, छ का एक हजार १०५ मत ल्याइ नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५३३ मत ल्याइ दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १ हजार ४८४ मत ल्याइ विजयी बनेका छन् ।

यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट सोमबहादुर गुरुङले ६९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति