भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेप्रति नभइ मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् ।
बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभइ मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’
‘मैले त उम्मेदबारी दिँदा नै मदनसुन्दरलाई नदोहर्याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ,’ उनले भने, ‘मनदसुन्दरले जिद्दी गर्नुभयो ।’ यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाइ थियो ।
मध्यपुरथिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए । जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन् ।
प्रतिक्रिया