माओवादीले जित्यो चौरजहारीको मेयर र उपमेयर

काठमाडौं, ४ जेठ । रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ।

माओवादीका उम्मेदवार पुष्प वादीले ६८८२ मतसहित मेयर जितेका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर वलीलाई हराए। वलीले ६३११ मत ल्याएका थिए।

उपमेयरमा पनि माओवादीले जितेको छ। माओवादी उम्मेदवार ईश्वरीकुमारी शर्माले उपमेयर जितेकी हुन्। उनले ७००२ मत ल्याइन्।

यहाँ नेकपा एमालेका उम्मेदवार टंकप्रसाद ओली पराजित भए। उनले ५७४४ मत ल्याएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति