विभिन्न जिल्लाका १५ केन्द्रमा मतदान जारी

काठमाडौँ, ४ जेठ । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं। १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान जारी छ ।

यसैगरी बाराको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति