एमाले नेता शेरबहादुर तामाङको पालिकामा कांग्रेस विजयी

काठमाडौं, ४ जेठ ।  पूर्व कानुनमन्त्री तथा नेकपा एमालेका नेता शेरबहादुर तामाङको मेलम्ची नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसका आइतमान तामाङले एमालेका बालकृष्ण देउजालाई ९३ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। तामाङले ११ हजार २ सय ५८ मत पाए भने देउजाले ११ हजार १ सय ६५ मत प्राप्त गरे। यसअघि २०७४ मा भएको निर्वाचनमा मेलम्चीमा एमालेले जित हात पारेको थियो।

उपप्रमुखमा भने नेकपा एमालेकी उमा प्रधानले जित हात पारिन्। उनले १० हजार १६४ मत प्राप्त गरिन्।त्यस्तै, राप्रपाकी कुमारी तामाङले ८ हजार ३ सय ६४ मत प्राप्त गरेकी छिन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति