०७४ मा कांग्रेसले जितेको नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र विजयी

काठमाडौं, ४ जेठ । ०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा यसपटक नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका शंकरबहादुर थापा ४ हजार ४सय ७३ मतसहित विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ४ सय ५० मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङ ३ हजार १४१ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी माकुरी तामाङले ४ हजार ४ सय ३३ मत प्राप्त गरेकी छिन्। तामाङकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अञ्जु आचार्यले ३ हजार ६ सय ३५ मत प्राप्त गरेकी छिन्।

०७४ को निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको थियो। कांग्रेसका योविन्द्रसिं तामाङ ३ हजार ७ सय १४ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला नेकपा माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति