सार्वजनिक गाडीको भाडा फेरि बढ्यो, अन्तरप्रदेशमा मात्रै लागू हुने (कहाँ जान कति ?)

काठमाडौँ — इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३.५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडादर वृद्धि गरेको हो ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको थियो । पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०।८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यातयातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।

पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको बजारमूल्य १३८ (प्रति लिटर) थियो । त्यसपछि क्रमश : चैत २२ मा ५ रुपैयाँ र वैशाख ३१ मा १० रुपैयाँ वृद्धि भई हाल १५३ रुपैयाँ कायम भएको छ ।

तराईको लामो दूरी (२५० किमि भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि साविक प्रतिव्यक्ति २.६७ प्रतिशत रहेकोमा बुधबारदेखि २.७६ पैसा कायम गरिएको हो । यस्तै २५ किमि देखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ ।

विभागले काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३।०४ भाडादर कायम गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board