बाजुराको बडीमालिकामा एमालेका खड्का र थापा विजयी


बाजुरा , ३ जेठ :
जिल्लाको बडीमालिका नगरपालिकामा नेकपा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेबाट नगरप्रमुखका उम्मेदवार अमरबहादुर खड्काले चार हजार नौ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज पण्डित तीन हजार ५५२ मत ल्याएर पराजित हुनुभयो ।

यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी नन्दाकुमारी थापाले चार हजार २३३ मत ल्याउनुभयो । उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिका सिंह तीन हजार ३५१ मत ल्याएर पराजित हुनुभएको हो । एमालेले पाँच वडासहित नगरप्रमुख र उपप्रमुख जितेको छ भने दुई वडा नेपाली कांग्रेसले जितेको छ ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति