चितवनको माडीको मेयरमा एमाले, उपमेयरमा कांग्रेस

चितवन, ३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याउन सके । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं। १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं। ६ मा जित हात पारेको छ ।

राप्रपा र एमाले बीच मेयररउपमेयरमा तालमेल भए पनि वडामा भने तालमेल हुन सकेको थिएन । माडीमा अघिल्लो पटक माओवादी केन्द्रका नेता ठाकुर ढकालले एकल उम्मेदवार बनेर मेयर जितेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति