चुनाव लड्नकै लागि प्रहरीको जागिर छाडेका पूर्वएसएसपीलाई सबैभन्दा धेरै भोट

काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीका तत्कालिन एसएसपी गोविन्द शाहले नेपाली कांग्रेसबाट स्थानीय तहमा चुनाव लड्नकै लागि प्रहरीको जागिर छाडेका थिए। फागुनमा एसएसपीबाट राजीनामा दिएका शाहले पार्टीबाट आश्वासन पाएपछि धनुषाको विदेह नगरपालिका प्रमुखमा चुनाव लड्ने तयारी पनि गरे।

तर कांग्रेसले अन्तिम समयमा साहलाई टिकट दिएन। त्यसपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले पार्टीको आधिकारीक उम्मेदवारले भन्दा बढी मत पाएका छन्। एउटा वडाको मत परिणाम आउन बाँकी हुँदा कांग्रेसका उम्मेदवार योगेन्द्रप्रसाद यादवले भन्दा साहले ३० मत बढी पाएका हुन्।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका साहलाई निर्वाचन आयोगले लालटिन चुनाव चिन्ह दिएको थियो। साहले १६४३ मत ल्याउँदा कांग्रेस उम्मेदवार यादवले १६१३ मत पाए। पो नगरपालिकामा नेकपा एमाले जित नजिक छ। एमालेका वेचन दास तत्माले ३७१९ मत पाउँदा नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहित यादवले २ हजार ९३२ मत पाएका छन्। यहाँ कांग्रेस चौथो स्थानमा छ।

यसअघि २०७४ मा यो नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो। तर माओवादी केन्द्रबाट विजयी मेयर नै एमालेमा प्रवेश गरेसँगै एमाले बलियो भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति