पत्रकार महासङ्घ छाेडेका दुई महिला पत्रकार बने गाउँपालिका उपाध्यक्ष

काठमाडौं, जेठ ३ । स्थानीय तह निर्वाचनका लागि सक्रिय पत्रकार महासङ्घकाे पद छाेडेका दुई महिला स्थानीय तहमा उपाध्यक्ष निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ताप्लेजुङकी शान्ता आङबुहाङ र सोलुखुम्बुकी उपाध्यक्ष वीना राई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

आङबुहाङ एमालेबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी छन् । उनले २८१९ मत ल्याई गाउँपालिका उपाध्यक्ष जितेकी हुन् । उनका प्रतिस्पर्धी माओवादीका प्रजिन हाङवाङले २४१४ मत ल्याएका थिए ।

यस्तै राईले कांग्रेसबाट सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २९०६ मत ल्याएर जीत दर्ता गरिन् । उनका प्रतिस्पर्धी एमालेकी सिर्जना राईले १७१८ मत ल्याइन् ।

निर्वाचनअघि सक्रिय पत्रकारितामा रहेका आङवुङ र राईले उम्मेदवारी दर्ता गर्नुअघि पत्रकार महासङ्घको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति