गुल्मीको मुसिकोटको मेयर र उपमेयर दुवैमा एमालेकाे जित

गुल्मी, ३ जेठ । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए ।

७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति