इलामको चुलाचुलीमा गठबन्धनबाट अध्यक्ष निर्वाचित, उपाध्यक्षमा एमाले

इलाम । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् ।

केरुङले नेकपा (एमाले)का उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।

उनै केरुङलाई हराउँदै एमालेका प्रदीपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् ।

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का सुकबहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बूले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति