सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार जगत बहादुर भोलन बिजयी भएका छन ।
उनले २ हजार १ सय दुई मत ल्याएर बिजयी भएका हुन । भोलान यसअघि पनि सोही गाउँपालिकाका अध्यक्ष थिए ।
अघिल्लो कार्याकालमा राम्रो काम गरेकाले आफुले फेरि सेवा गर्ने मौका पाएको उनले बताए । उनी काङ्ग्रेसमा निष्ठाको राजनीति गर्ने पुराना नेतामा पर्छन ।
हाल उनी काङ्ग्रेस सिन्धुलीको जिल्ला उपसभापति समेत छन ।
स्थानीयलाई अप्ठ्यारो पर्दा आफू चढ्ने गाउँपालिकाद्वारा उपलब्ध सवारी साधन समेत स्थानीयलाई दिएर भोलान लोकल गाडी चढ्ने गर्छन ।
चुनावमा आचारसंहिता लाग्नुपुर्ब उनले आफू चढने गाडी गाउँपालिकालाई दिएर सबै बाट प्रसम्सा बटुलेका थिए ।
प्रतिक्रिया