सिरहाको भवगनपुरमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा एमाले उम्मेदवार बिजयी भएका छन । जसपाको गढ मानिएको सो पालिकामा चार वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको हो ।

भगवानपुर गाउँपालिका अध्यक्षमा एमालेका उग्रनारायण यादव विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत पाएका छन् । यादव २०७४ सालको निर्वाचनमा सो पालिकामा अध्यक्षमा निर्वाचित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् ।

यादवले ३ हजार ९६० मतका साथ बिजयको यात्रा निकाल्दा निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन् ।

भगवानपुर जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको गृहपालिका हो ।

पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बरर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति