हिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

जुम्ला । हिमा गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् ।

लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका  प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए । 

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छिन् । उनले एक हजार पाँच सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार चार सय ८९ मत ल्याएकी हुन् । 

विजयी शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् । २०७४ सालमा लक्ष्मण शाही झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । लक्ष्मण शाही लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति