कास्कीको रुपा गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

पोखरा, जेठ २ । कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नवराज ओझा पुनः निर्वाचित भएका छन् ।

गाउँपालिकाको मतगणनाको परिणामअनुसार १ हजार ६ सय १२ को मतान्तरले ओझाले कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गरेका हुन् ।

एमाले उम्मेदवार ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसकी गुरुङले ४ हजार १ सय ३७ मत पाए ।

उपाध्यक्षमा पनि २०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भए । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।

गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ४ हजार १ सय ५३ मत प्राप्त गरे ।

रुपाका बहुमत वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । रुपाका ७ मध्ये ६ वटा वडामा एमालेका वडाअध्यक्ष विजयी भएका हुन । १४ हजार ६ सय ७५ मतदाता रहेको रुपा गाउँपालिकामा १० हजार ३ सय ४४ अर्थात ७०।४९ प्रतिशत मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति