धादिङको नीलकण्ठ–४ मा एमालेका हरि श्रेष्ठको प्यानल विजयी

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा नेकपा एमालेका हरि श्रेष्ठको प्यानल विजयी भएका छन् ।

वडा अध्यक्षमा श्रेष्ठले ११ सय मतसहित महिला सदस्य, दलित महिला सदस्य र दुई वटा खुल्ला सदस्यले विजय हासिल गरेको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार राना मगरले ६ सय ४७ मत प्राप्त गरेका छन् ।

यो वडाबाट नगरपालिका प्रमुखमा एमालेले ९ सय १६ मत पठाएको छ भने उपप्रमुखमा ८ सय ८२ मत पठाएको छ । कांग्रेस, माओवादी केन्द्र र समाजवादीको तीन दलीय गठबन्धन भएको यो वडाले कांग्रेसका नगरप्रमुखमा पाएको जति मत माओवादी केन्द्रका उम्मेदवारले पाएको छैन ।

गठबन्धनबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार भीम प्रसाद ढुंगानाले ६ सय ९६ मत प्राप्त गरेपनि गठबन्धनबाटै उपप्रमुखमा माओवादीका उम्मेदवारले २ सय ६३ मत मात्रै पाएका छन् । यो वडाको मत परिणामलाई हेर्दा नेपाली कांग्रेसले उपप्रमुखमा माओवादीलाई धोका दिएको देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति