कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका आचार्य विजयी

जुम्ला । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन् ।

आचार्यले दुई हजार आठ सय ६ मत प्राप्त  गरेका  छन् । उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रीता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन्।

कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरवीर रावत र उपाध्यक्ष उर्मिला भण्डारी विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति