एमाले नेता लेखराज भट्टको गृह नगरमा काँग्रेस विजयी

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टको गृहनगरमा नेपाली कांग्रेस विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा माओवादीले जितेको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अहिले काँग्रेसले जितेको छ । यस निर्वाचनमा लेखराज निवास गोदावरी १ वडा अध्यक्षमा काँग्रेसका गोपालदत्त भट्टले जितेका छन् ।

गोपालदत्तले १४७८ मत ल्याएर विजयी हुँदा एमालेबाट उठेका शर्मानन्द भट्टले १३९१ मत ल्याएर पराजित भएका छन्।

शर्मानन्द लेखराजका सहोदर भतिजा हुन्। यसअघि लेखराजका स्वकीय सचिव भएका दिनेश शाह माओवादीबाट वडा अध्यक्ष उठेका थिए। उनले ४४८ मत ल्याएर पराजित भएका छन्। माओवादी मत विभाजित हुँदा वडा अध्यक्ष काँग्रेसले जितेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति