गौतमबुद्ध विमानस्थलको उद्घाटन : जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा,


काठमान्डौ जेष्ठ १,

आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन ९सोमबार, बुधबार र शुक्रबार० नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान विमानस्थलको उद्घाटन गरिसकेका छन् । यससँगै अब मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा आउने छ ।

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ । बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत वैशाख २१ गते प्रमाणीकरण गरिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले संयुक्तरुपमा सोमबार अन्तरर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको उद्घाटन । तस्वीरःस् निरा गौतमर रासस
विमानस्थल उद्घाटनको क्रममा प्रधानमनत्री शेरबहादुर देउवाले यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं पुग्नु पर्ने बाध्यता हटेको बताए । यस विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्ने उनले बताए । नेपालको हवाई नीतिलाई उदार र खुल्ला प्रतिष्पर्धी बनाइने पनि देउवाले बताए ।

वि स २०७१ मघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने यस विमानस्थल आयोजना मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड १९ का कारण निर्माण अवधि लम्बिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै। तस्वीर स् रोशन सापकोटाररासस
सबै ठेक्का कार्गो भवनसहित विमानस्थलका लागि १० अर्ब र जग्गा अधिग्रहणको मुआब्जाका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम बहादुर आलेले यस विमानस्थलमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्कमा छुट दिइने बताए । पोखारामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाईपनि चाँडै नै सञ्चालनमा ल्याइने मन्त्री आलेले बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता सोमबारदेखि हटेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति