भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ विजयी

भोजपुर, २ जेठ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् ।

एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे ।विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याए ।

अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए ।उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी भइन् । स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो । तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति