तेह्रथुम म्याङलुङ नगरपालिकाको मेयरमा एमालेका तुम्बाहाङ्फे विजयी

तेह्रथुम, २ जेठ । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तुम्बाहाङ्फेलाई पराजित गर्दै सञ्जयकुमार मेयर निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित तुम्बाहाङ्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । मेयरमा विजयी संजय कुमार निवर्तमान नगर प्रमुख हुन् । एमालेसँग पराजित डाँगी पनि निवर्तमान उपप्रमुख हुन् ।एमालेले उपमेयरको टिकट नदिएपछि डाँगी मनोनयन दर्ताको अघिल्लो दिन नेकपा एसमा प्रवेश गरेकी थिइन् । लगत्तै गठवन्धनको तर्फबाट रुख चिन्हमा कांग्रेसले डाँगीलाई उपप्रमुखको टिकट दिएर मनोनयन दर्ता गराएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति