काठमाडौं, १ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र सुनारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटीलाई पराजित गरेका हुन्। सुनारीले ४ हजार ५९ मत प्राप्त गरे भने वस्ताकोटीले ३ हजार ९ सय मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिल माया राना विजयी भएकी छिन्। उनले एमालेकी भुमिका खण्डलुकलाई पराजित गरेकी हुन्।
प्रतिक्रिया