दैलेखको गुराँसमा एमाले विजयी

सुर्खेत, १ जेठ । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी भएका छन् । उनले ४१२० मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले ३३७५ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत पाए ।
यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले ४१२५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा बिसीले ३५४७ मत प्राप्त गर्दा माओवादीका कुसुम शाहीले ९३ मत प्राप्त गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति