उसिनेको अण्डा खाएपछि भुलेर पनि खान नहुने यी ४ चिज


काठमान्डौ जेठ १

अण्डामा पाइने प्रोटिनहरूले तपाईंको शरीरलाई उर्जा दिन्छ, हड्डीहरूलाई सुदृढ पार्छ र आँखाको लागि पनि स्वस्थ हुन्छ। भरपूर पौष्टिक तत्व समावेश गरेकै कारण अण्डालाई पौष्टिक आहारको श्रेणीमा राखिएको छ। अण्डा खाँदा विभिन्न फाइदा त मिल्छ नै तर यदि तपाईं दैनिक रूपमा उसिनेको अण्डा खानुहुन्छ भने केहि कुराको ख्याल राख्न अत्यन्त जरूरी हुन्छ। आज हामी तपाईंलाई यस्तै चीजको बारेमा बताउँछौँ जुन उसिनेको अण्डा खाएपछि भुलेर पनि खानु हुँदैन।
कागतीस् कतिपय मानिस जो अण्डा खान मन पराउँछन्, उनीहरु अण्डामा कागतीको रस हालेर खान्छन् ताकी यसको स्वाद राम्रो होस्। तर कहिले पनि यस्तो गर्नु हुँदैन। किनभने त्यसो गर्दा रक्तनलीहरूलाई हानी हुन्छ र हृदयघातको खतरा पनि हुनसक्छ। केरास् त्यस्तै, यो कुराको पनि ख्याल राख्नुहोस् कि अण्डा खाएपछि केरा कहिले पनि खानु हुँदैन। अन्यथा यसले पेटसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, अण्डा खाएपछि भुलेर पनि केरा नखानुहोस्।

पनीरस् पनीर र अण्डा वा अण्डा खाने लगत्तै पनीर कहिले पनि खानु हुँदैन। किनभने अण्डा र पनीर दुबैमा प्रोटीन प्रशस्त मात्रामा पाइन्छ। यदि हामीले धेरै प्रोटीन खपत गर्यौं भने त्यसलाई पचाउन गाह्रो हुन्छ, जसको कारण पेटसँग सम्बन्धित धेरै समस्याहरू देखा पर्न सक्छ। त्यसैले, अण्डा खाएपछि पनीर खानु हुँदैन। माछा स् उसिनेको अण्डा खाएपछि कहिल्यै मासु वा माछा खानु हुँदैन, किनभने यदि तपाईं उसिनेको अण्डा खानुभयो भने तपाईंलाई छालासँग सम्बन्धित एलर्जीको हुनसक्छ। एजेन्सीको सहयोगमा

यो पनि,रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र मह मिलाएर खानुका चामत्कारिक फाइदाको बारेमा जानीराखौं, लसुन र मह ९हनी०को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो। यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ।

बनाउने तरिकास् दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने। त्यसमा ताजा ९काँचो० मह मिसाउने। मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ। यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने। लसुन र महको महत्वस् लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ। लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ। मह र लसुनबाट बनाइएको ‘पेस्टु सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।

रुघाखोकीमा फाइदास् लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ। मुटुका लागि फाइदास् लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ। यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ।

पाचनक्रियामा लाभस् यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ। मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ। (लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनरुको काम गर्छ। शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ।

पखालाबाट छुटकारास् यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृतु हुनसक्छ। यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ। यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ। घाँटीको इन्फेक्सनमा फाइदास् लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ। यसको मि श्रणमा एन्टी(इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board