काठमान्डौ बैशाख १
पर्वतमा हालसम्म १५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडा मध्ये नेकपा९एमाले०ले १३ वटा वडामा जित निकालेको छ भने गठबन्धनका उमेदवार २ वडामा बिजयी भएका छन ।
नेकपा९एमाले०बाट बिजयी भएका १३ वडा वडा अध्यक्ष मध्ये २०७४ मा कांग्रेसका उमेदवारले जितेका वडा हुन । २०७४ मा नेपाली कांग्रेसका उमेदवारले जितेका जलजला गाउँपालिकाको वडा नं २,३ र ४ मा यसपटक प्यानलै सहित आफ्ना उमेदवार बिजय गराएको छ ।
यसैगरी मोदी गाउँपालिकाको वडा नं १ भूकमा २०७४ मा कांग्रेसले वडा अध्यक्ष जितेपनि एमालेका उमेदवार यस पटक प्यानल सहित बिजयी भएका छन ।
फलेबास नगरपालिका वडा नं ११ पाङराङमा एमालेका उमेदवार बिजयी भएका छन । यो वडा पनि यस अघि कांग्रेसले जितेको थियो ।
महाशिला गाउँपालिका वडा नंं २ पनि एमालेका उमेदवारले बिजयी भएका छन । २०७४ मा यो वडामा कांग्रेसका उमेदवार बिजयी भएका थिए ।
बिहादी गाउँपालिकाको वडा नं १ मा पनि यस अघि कांग्रेसका उमेदवार बिजयी भएपनि यो निर्वाचनमा एमालेले नतिजा आफ्नो पक्षमा पारेको छ । पैंयु गाउँपालिकाको वडा नं २ मा पनि यस अघि कांग्रेसका उमेदवारले जितेपनि यो निर्वाचनमा एमालेका उमेदवार बिजयी भएका छन । गठबन्धन गरेर चुनाबमा गएको नेपाली कांग्रेसबाट ८ वटा वडामा एमालेले एक्लै लडेर बिजय निकाल्न सफल भएको हो ।
नेपाली कांग्रेसले पनि एमालेको गढ मानिदै आएको फलेबास नगरपालिका १ मा आफ्नो पक्षमा नतिजा निकाल्न सफल भएको छ । कांग्रेसका उमेदवार एक मतले एमालेका उमेदवारलाई पराजित गर्न सफल भएका छन ।
वडाको मतपरिणाम सार्वजनिक हुँदा चार वटै वडामा नेकपा एमाले बिजयी भएको छ । एमालेले तीन वडामा प्यानलै सहित बिजयी भएको छ ।
यस्तै पैंयु गाउँपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका मध्ये पैंयु १ मा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन भने वडा नं २ र ३ मा नेकपा९एमाले० बिजयी भएको छ ।
महाशिला गाउँपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा तीन वटै वडामा एमाले बिजयी भएको छ । महाशिलाका १,२ र ३ नम्बर वडामा एमालेका उमेदवार प्यानलै सहित बिजयी भएका हुन ।
बिहादी गाउँपालिकाको एक वडाको मत परिणाम सार्वजनिक हुँदा एमालेका उमेदवार बिजयी भएका छन । बिहादी वडा नं १ मा एमालेका उमेदवार बिजयी भएका हुन । फलेबास नगरपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । फलेबासमा एमालेले २ वटा वडामा बिजय हाँसिल गरेको छ भने एक वडामा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन । फलेबासको वडा नं १ मा कांग्रेसका उमेदवार बिजयी भएका छन भने वडा नं २ र ११ मा एमालेका उमेदवारले बाजी मार्न सफल भएका छन ।
मोदी गाउँपालिकामा १ वडाको मत सार्वजनिक भएको छ । वडा न १ मा एमालेका उमेदवार बिजयी भएका हुन । कुस्मा नगरपालिकामा तीन वटा वडाको मत गणना जारी छ तर अन्तिम परिणाम आएको छैन ।
प्रतिक्रिया