लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई विजयी

काठमाडौं । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई विजयी भएका छन् ।

अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् ।

उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति