काठमान्डौ जेठ १ गते
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको छ ।
७ सय १२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
उहाँका निकटतम प्रतिस्पर्धी पुनले १९ सय ९५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका अध्यक्ष पदमा उम्मेदवार देवेन्द्र छन्त्यालले ३ सय ९२ मत पाउनुभएको छ ।
उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै हिराकुमारी छन्त्याल २७ सय ६८ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी इशु रसाईलीले १९ सय ५८ मत पाउनुभएको छ ।
तमानखोला गाउँपालिकाको वडा नम्बर १, २ र ४ माओवादी केन्द्र तथा वडा नम्बर ३, ५ र ६ नेपाली काँग्रेसले जितेको छ ।
बागलुङका अन्य पालिकामा गठबन्धन भए पनि तमानखोलामा सबै दल एक्ला एक्लै निर्वाचनमा गएका थिए ।
प्रतिक्रिया