वाग्लुङ — बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बुढाले २ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देवबहादुर पुनलाई ७ सय १२ मतान्तरले पराजित गरेका हुन् ।
पराजित पुनले १ सय ९ सय ९५ मत ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका हिराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर निर्वाचित भएकी छन् । उनले माओवादी उम्मेदवार निशु रसाइलीलाई पराजित गरेकी हुन् । रसाइलीले १ हजार ९ सय ५८ मत ल्याएकी थिइन् ।
प्रतिक्रिया