झापा, १ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाले अग्रता लिएको छ ।एमालेलाई उछिन्दै राप्रपाका मेयरका उम्मेदवार राम थापाले एमालेकी गीता अधिकारीलाई पछि पारेका हुन् ।दमकमा एमालेविरुद्ध कांग्रेस र माओवादीले राप्रपालाई साथ दिएका छन्।
पछिल्लो मत परिणाम अनुसार ४ हजार ५४१ मतगणना गर्दा प्रमुखमा थापाले १ हजार ९६८ मत र अधिकारीले १ हजार ९४० मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ९३१ र एमालेका अम्बिका प्रसाद खनालले १ हजार ७५६ मत ल्याएका छन् ।
प्रतिक्रिया