डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद विजयी भएका छन् ।
साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १६८४ मत पाएका हुन्।
उपाध्यक्षमा कांग्रेसकी डम्मरीकुमारी विष्टले २४०७ मत ल्याएर विजयी भइन्। एमालेकी सपना सिराडीले २२७६ मत पाएर पराजित भइन् ।
प्रतिक्रिया