युगाण्डासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली उत्साहित

काठमाडाै, ३१ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीका लागि युगाण्डासँग आइतवारबाट पाँच ट्वान्टी–२० श्रृंखलामा समावेश गर्दैछ । उक्त श्रृंखलमा सहभागि हुन पाउँदा टोली निकै उत्साहित छ र घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि टोलीले सुखद् नतिजा निकाल्न अभ्यास तीव्र रुपमा दिएको छ ।

सिमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला टोली आइतवारबाट आयोजना हुने पाँच ट्वान्टी–२० श्रृखंलाका लागि उत्साहित हुँदै तयारी गरिरहेको छ । विरलै मात्र यस्ता अवसर पाउने गरेको नेपाली महिला टोली पहिलोपटक स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । युगाण्डाविरुद्ध हुने खेल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले यसले नेपालको विश्व वरियतामा पनि असर गर्नेछ । त्यसका लागि प्रशिक्षक जगत टमाटाले २२ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको नाम पनि सार्वजनिक गरिसकेका छन् । केही अनुभवी अनुहार समेट्दै घोषणा भएको टोलीको तयारी राम्रो भएको जनाएको छ । घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि नेपाली टोली उत्साहित भएको प्रशिक्षक टमाटाले बताए ।

घोषणा भएको टोलीमा यसपटक टोलीमा यु–१९ का केही खेलाडी पनि समावेश छन् । सँगै अनुभवि खेलाडी पनि छन् । प्रशिक्षक टमाटाले भ्रमणमा आउन लागेको टोली नेपाली टोली स्तरकै भएको भन्दै श्रृखंला प्रतिष्पर्धात्मक हुने बताए । सोही कारण तयारीलाई तीव्रता दिइएको टमाटाको भनाइ छ ।

श्रृंखलाका लागि युगाण्डाको टोली आईतवार साँझ मात्र नेपाल आइपुग्ने तालिका रहेको छ । यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि नेपालमा छैनन् । फेयर ब्रेकको खेलका लागि क्षेत्री र मगर नेपाल बाहिर रहेका छन् । क्यानका अनुसार रुबिना आइतवार नेपाल आइपुग्ने छिन् भने सीता एक वा दुई खेल पछि टोलीमा जोडिने बताइएको छ । घरेलु मैदानमा हुन लागेको श्रृंखला नेपाली टोलीका लागि अनभुव सँगाल्ने अवसर भएको नेपाली टोलीकी सदस्य इन्दु बर्माले बताए ।

नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो । नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२० खेल जेठ २ गते हुनेछ भने दोस्रो जेठ ३ गते र तेस्रो जेठ ५ गते हुनेछ । यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board