बझाङको बित्थडचिर गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका बोहरा विजयी

बझाङ, ३१ बैशाख । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार टेक बोहरालाई १ सय ७९ मतले पराजित गर्दै नेपाली कांग्रेसका मानबहादुर बोहरा विजयी भएका हुन्।

मानबहादुरले ५ सय २४ मत प्राप्त गर्दा टेकबहादुरले ३ सय ४५ मत प्राप्त गरेका छन्। माओवादीका उम्मेदवार देव बोहराले २ सय ५५ मत प्राप्त गरेका छन्।

उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३ सय ५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board