बझाङको बित्थडचिर गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका बोहरा विजयी

बझाङ, ३१ बैशाख । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार टेक बोहरालाई १ सय ७९ मतले पराजित गर्दै नेपाली कांग्रेसका मानबहादुर बोहरा विजयी भएका हुन्।

मानबहादुरले ५ सय २४ मत प्राप्त गर्दा टेकबहादुरले ३ सय ४५ मत प्राप्त गरेका छन्। माओवादीका उम्मेदवार देव बोहराले २ सय ५५ मत प्राप्त गरेका छन्।

उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३ सय ५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति