वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज, ३१ वैशाख । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार सम्पन्न निर्वाचनमा ७५।२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति