भक्तपुरमा नेमकिपाका सुनिल प्रजापतिकाे १८ सय मत पुग्दा विपक्षीकाे सय पनि कटेन

बैशाख ३१, काठमाडौँ । नेमकिपाको परम्परागत किल्लाको रुपमा रहेको भक्तपुर नगरपालिकामा यसपटक पनि सो पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् ।

जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।

तीन वटा वडाको मतगणना हुँदा उनलाई पछ्याउँदै एमाले उम्मेदवार दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति