काठमाडौँ, ३१ बैशाख । मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले अग्रता हासिल गरेको छ । कांग्रेससँगको गठबन्धनमा रहेको माओवादी केन्द्रले एमाले उम्मेदवारलाई पछि पार्दै अग्रता हासिल गरेको हो।
वडा नं १ को जार मतगणनामा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले ७ सय ९४ मत प्राप्त गरेका छन्। प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ५ सय ९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। कांग्रेस उम्मेदवारले ७ सय १८ मत प्राप्त गर्दा एमाले उम्मेदवारले ५ सय ३८ मत प्राप्त गरेका छन्।
वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ४ मतले एमाले उम्मेदवार भन्दा अगाडि छन्। यो वडाको वडाध्यक्षमा एमाले उम्मेदवारले ४ सय ४० र कांग्रेस उम्मेदवारले ३ सय ४८ मत प्राप्त गरेका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । निर्वाचनमा प्रमुखमा माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले विजय हासिल गरेका थिए।
प्रतिक्रिया