हुम्लामा मतपेटिका संकलनमा कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

हुम्ला, ३१ वैशाख । हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ ।

नाम्खा गाउँपालिका-६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो ।

यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

चंखेली गाउँपालिका-५ को नेप्काबाट मतपेटीसहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।

नाम्खा गाउँपालिका ६ को लिमी मतदान केन्दको हेलिकप्टरबाट मतपेटिका कर्मचारी भोलिमात्रै ल्याइने छ । यी केन्द्रमा कर्मचारीहरू हिउँ छिचोल्दै पुगेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board