दोलखाको जिरीमा नेपाली काँग्रेसकाे खाता खुल्यो, वडा अध्यक्षमा शेर्पा विजयी

दाेलखा, ३१ बैशाख । दोलखाको जिरी नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका कर्साङ शेर्पाले निकटतम प्रतिस्प्रधी माओवादी केन्द्रका उम्मेदवार साङ्गे शेर्पालाई १२७ मत अन्र्तारले पछि पार्दै वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

जिरी नगरपालिकाको वडा नं. १ मा ९८७ मत खसेकोमा विजयी शेर्पाले ४८३ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार साङ्गे शेर्पाले ३५६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार सुर्यबहादुर बस्नेतले १६९ मत मात्र प्राप्त गरेका छन् ।

गए राती १ बजेबाट मत गणणा शुरु गरेको जिरी नगरपालिकाको वडा नं. १ को मत गणणा सकिदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार लाक्पा शेर्पाको अग्रता रहेको छ । उनको ६३८ मत रहेको छ भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गेल्बु शेर्पाको १६१ मत रहको छ । त्यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका मित्र जिरेलको १३२ मत रहेको छ । अहिले जिरी नगरपालिका वडा नं. २ को मत गणणा भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति