माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

रौतहट, ३१ वैशाख । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board