घोराहीको मतगणना सुरु, तुलसीपुरको मतगणना जेठ ३ गतेदेखि हुने

दाङ, ३१ जेठ । घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

घोराही महानगरपालिकाका वडा नं। १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

घोराही र तुलसीपुर उपमहानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा पनि मतगणना जारी छ ।

तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ । उक्त उपमहानगरपालिकाको वडा नं १७ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति