धनगढी । नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
अहिलेसम्म ४१८ मतको गणना हुँदा कांग्रेस उम्मेदवार वीरेन्द्र भट्ट २०४ मतसहित अघि छन् । एमालेका उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी शारदा देबी रोकायाले १०८ मत ल्याउँदै अग्रता लिएकी छन् । एकीकृत समाजवादीकी रत्ना कडायतले १०१ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।
प्रतिक्रिया