मनाङ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् ।
घलेले ८ सय ६१ मत ल्याए भने प्रतिद्धन्दी कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याए । कान्छा यसअघि पनि अध्यक्ष थिए ।
उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए ।
प्रतिक्रिया