सिन्धुलीको गोलञ्जोरमा मतगणना हुनुअघि कांग्रेस–एमाले कार्यकर्ताबीच झडपको स्थिति

सिन्धुली । गोलञ्जोर गाउँपालिकाको मतगणना हुनुअघि झडपको स्थिति बनेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडपको स्थिति बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथी बढाइएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गोलञ्जोर–२ वडाध्यक्षका उम्मेदवार दौलत कार्कीले एमाले कार्यकर्तालाई गएराति कुटेपछि आज बिहान स्थिति तनावपूर्ण बनेको हो । बलराम कार्की, उमेश कार्की, हिमाल कार्कीलाई उम्मेदवार कार्कीले कुटपिट गरेको स्थानीय एमाले नेता कपिल कार्कीले जानकारी दिए ।

झडपको स्थिति बनिरहँदा खुर्कोटका विष्णु श्रेष्ठलाई प्रहरीले खुकुरीसहित ग्वाल्टारबाट पक्राउ गरेको छ । मोटरसाइकलमा आइरहेका उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी कांग्रेस कार्यकर्ता हुन् ।

झडपको स्थिति हुन नदिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज लामाले जानकारी दिए ।

कुटपिटमा संलग्न रहेका उम्मेदवार कार्कीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रहरीसमक्ष किटानी जाहेरी दिए पनि प्रहरीले केही नगरेको एमालेको आरोप छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board